नियम २७
निरीक्षण गर्न वा निर्देशन दिन सक्ने

(१) धितोपत्र बोर्डले धितोपत्र बजार, दलाल वा बजार निर्माताको ऋणपत्र सम्बन्धी निजको खाता, बही, अभिलेख तथा अन्य कागजात निरीक्षण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा कुनै किसिमको अनियमितता भएको देखिएमा धितोपत्र बोर्डले आवश्यक सुधार गर्न धितोपत्र बजार, दलाल वा बजार निर्मातालाई निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु त्यस्तो धितोपत्र बजार, दलाल वा बजार निर्माताको कर्तव्य हुनेछ ।
(३) बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्ने सिलसिलामा आवश्यकतानुसार धितोपत्र बजार, दलाल वा बजार निर्माताको ऋणपत्र सम्बन्धी निजको खाता बही, अभिलेख तथा अन्य कागजात निरीक्ष्ँण गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम निरीक्षण गर्दा धितोपत्र बजार, दलाल वा बजार निर्मातालाई कारबाही गर्नु पर्ने देखिएमा बैङ्कले आवश्यक कारबाहीको लागि धितोपत्र बोर्डलाई लेखी पठाउन सक्नेछ ।